BIZMANDU
www.bizmandu.com

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म कम्पन महसुस

२०८३ मंसिर ८

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म कम्पन महसुस
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म कम्पन महसुस

काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

GBIME
Tata

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो।

भूकम्पको धक्का काठमाडौंसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।