BIZMANDU
www.bizmandu.com

प्रदेश खेल्ने नेपाली क्रिकेटरलाई भारतीय एकेडेमीमा अवसर, फुटबल र क्रिकेट लिगमा समझदारी

२०८३ मंसिर ७

प्रदेश खेल्ने नेपाली क्रिकेटरलाई भारतीय एकेडेमीमा अवसर, फुटबल र क्रिकेट लिगमा समझदारी
प्रदेश खेल्ने नेपाली क्रिकेटरलाई भारतीय एकेडेमीमा अवसर, फुटबल र क्रिकेट लिगमा समझदारी

काठमाडौं। भारतले नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना तथा प्रादेशिक पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोण पत्रमार्फत दुई देशबीच खेलकुद क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो।

GBIME
Tata

सहमतिअनुसार नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूले भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा गएर तालिम लिने अवसर पाउनेछन्। साथै, भारतले नेपालको राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकासमा समेत सघाउने उल्लेख छ।

यसैगरी, क्रिकेट र फुटबललगायतका खेलमा दुवै देशका घरेलु लिगहरूमा एक-अर्काका खेलाडीलाई सहभागी गराउने अवसर खोज्न सम्बन्धित खेलकुद निकायहरूलाई प्रोत्साहन गर्ने सहमति पनि भएको छ। यसले नेपाली खेलाडीका लागि भारतीय लिगमा र भारतीय खेलाडीका लागि नेपाल प्रिमियर लिग (एनपीएल) तथा नेपाल सुपर लिग (एनएसएल) जस्ता प्रतियोगितामा खेल्ने बाटो थप सहज बनाउने देखिएको छ।

क्रिकेटबाहेक ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्समा पनि प्रशिक्षण अवसरको खोजी गरिनेछ। नेपालमा आधुनिक बहुउद्देश्यीय खेलकुद केन्द्र (मल्टी-स्पोर्ट्स सेन्टर) विकास गर्ने तथा संयुक्त आरोहणसहित पर्वतीय खेलकुद (माउन्टेन स्पोर्ट्स) मा सहकार्य गर्ने समझदारी भएको छ।