BIZMANDU
www.bizmandu.com

कैलाश हेलिकप्टर बढी आयकर तिरेर सम्मानित, पारदर्शिता र व्यावसायिक प्रतिवद्धतामा अडिग

२०८३ मंसिर ७

कैलाश हेलिकप्टर बढी आयकर तिरेर सम्मानित, पारदर्शिता र व्यावसायिक प्रतिवद्धतामा अडिग
कैलाश हेलिकप्टर बढी आयकर तिरेर सम्मानित, पारदर्शिता र व्यावसायिक प्रतिवद्धतामा अडिग

काठमाडौं। कैलाश हेलिकप्टर सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको करदातामध्ये सबैभन्दा बढी आयकर तिरेर हेलिकप्टर सम्मानित भएको हो।

GBIME
Tata

कार्यालयका प्रमुख कर अधिकृत कर्णप्रसाद तिमिल्सिनाले कम्पनीका अध्यक्ष आशिष शेरचनलाई सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरे। कम्पनीले यसअघि ९औं र १३औं राष्ट्रिय कर दिवसमा पनि धेरै आयकर तिरेर सम्मानित भएको थियो।

कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेले करप्रतिको जिम्मेवारी, पारदर्शिता र व्यावसायिक प्रतिवद्धतालाई आत्मसाथ गरेर हिडेको स्पस्ट पारे। कैलाश पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ। कम्पनीले निकट भविष्यमै सर्वसाधारणमा सेयर पनि जारी गर्दैछ।