काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले जलविद्युत क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्।
उनीहरुले सोमबार हैदरावाद हाउसमा भएको वार्तामा ‘ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी भारत-नेपाल संयुक्त दृष्टिकोण दस्तावेज’ र ‘दीर्घकालीन विद्युत व्यापार सम्झौता’ अनुरूप जलविद्युत क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरेका हुन्।
नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीको सक्रिय संलग्नतालाई दुवै पक्षले स्वागत गरेका छन्। नेपालमा भारतीय कम्पनीले विकास गरिरहेका विभिन्न जलविद्युत परियोजना छिटो सम्पन्न हुने सुनिश्चित गर्न बालेन र मोदीले सहमति जनाएका छन्।
उनीहरुले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए।
बालेन र मोदीले ऊर्जा व्यापारका लागि उच्च क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन (इनरुवा-नयाँ पूर्णिया र दोधारा-बरेली) निर्माण गर्न संयुक्त उपक्रम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि सन्तोष व्यक्त गरेका छन्।