नयाँ दिल्ली। नेपाल र भारतका प्रधानमन्त्रीबीचको वार्तापछि पत्रकार सम्मेलनको सबै तयारी पूरा हुँदा परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय विदेशमन्त्री एस जयशंकरले बोलाएर अर्को कोठामा लगेका छन्।
जयशंकरले पत्रकार सम्मेलन गर्ने हलमा रहेका शिशिरलाई हातको इराशाले बोलाएर अर्को कोठामा लगेका हुन्। पत्रकार सम्मेलनस्थलमा सबै तयारी भइसकेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित भएका छैनन्। अरु सबै हलमा उपस्थित भइसकेका छन्।