BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंक कर्जा विस्तार र असुलीमा केन्द्रित, लुम्बिनी प्रदेशका कर्मचारीसँग सीइओको छलफल

२०८३ मंसिर ७

सिटिजन्स बैंक कर्जा विस्तार र असुलीमा केन्द्रित, लुम्बिनी प्रदेशका कर्मचारीसँग सीइओको छलफल
सिटिजन्स बैंक कर्जा विस्तार र असुलीमा केन्द्रित, लुम्बिनी प्रदेशका कर्मचारीसँग सीइओको छलफल

काठमाडौं। सिटिजन्स बैंकले कर्जा विस्तार तथा असुली सम्बन्धमा लुम्बिनी प्रदेशका कर्मचारीसँग छलफल गरेको छ।

GBIME
Tata

बैंकले लुम्बिनी प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीसँग ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालु : लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली’ कार्यक्रम राखेर छलफल गरेको हो।

छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अन्य वरिष्ठ अधिकारी पनि सहभागी थिए।

कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताबारे छलफल भएको बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी प्रदेशका ९ जिल्लामा बैंकका ५१ वटा शाखा सञ्चालनमा छन्।