BIZMANDU
www.bizmandu.com

दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको पेशी स्थगित

२०८३ मंसिर ७

दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको पेशी स्थगित
दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको पेशी स्थगित

काठमाडौं। सरकारले प्रहरी महानिरीक्षकबाट हटाएपछि दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको पेशी स्थगित भएको छ।

GBIME
Tata

सोमबारका लागि न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढे पनि स्थगित भएको हो। सर्वोच्च अदालतमा दायर रिटमा यसअघि दुई पक्षका लागि छलफलमा बोलाइएको थियो। तर, प्रहरी महानिरीक्षक मनोज केसीले म्याद नबुझेपछि सुनुवाई स्थगित भएको हो।

यसअघि पनि केसीले भाषाको विषयलाई लिएर म्याद बुझेका थिएनन्। तर, पछि सच्याएर पत्र पठाइएको थियो।

सरकारले कार्कीलाई महानिरीक्षकबाट हटाएर डाक्टर मनोज केसीलाई महानिरीक्षक बनाएको थियो। त्यसपछि कात्तिक २० गते कार्कीले पुनर्वहालीको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए।