काठमाडौं। महुली लघुवित्तले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने भएको छ।
लघुवित्तको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ९.५० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
लघुवित्तका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश पाउनेछन्।
लघुवित्तको चुक्ता पुँजी हाल ३८ करोड ७४ लाख ९४ हजार रुपैयाँ रहेकामा बोनस सेयर वितरणपछि ३ करोड ६८ लाख रुपैयाँ थपिनेछ।