नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘सम्मान गारत’ अर्पण गरेको छ।
भारतको राजकीय भ्रमणमा रहेका बालेनलाई सोमबार बिहान राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको टुकडीले ‘सम्मान गारत’ अर्पण गरेको हो।
बालेनलाई राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए।





समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे लगायत पनि उपस्थित थिए।


सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री बालेन महात्मा गान्धीको समाधिस्थल राजघाट गएका थिए। उनले अब केहीबेरमा मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने तालिका छ।