काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग भेटवार्ता गरेको छ।
आइतबार नयाँ दिल्लीस्थित प्रधानमन्त्री बसेको होटलमा भएको भेटमा नेपाल-भारत आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।
छलफलमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार तथा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको परिसंघले जनाएको छ। भेटमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उपाध्यक्ष राजबहादुर शाह सहभागी थिए।