BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेनसँग भारतीय विदेशमन्त्री जयशंकरले गरे भेटवार्ता, दुई देशको सहकार्य बढाइने

२०८३ मंसिर ६

प्रधानमन्त्री बालेनसँग भारतीय विदेशमन्त्री जयशंकरले गरे भेटवार्ता, दुई देशको सहकार्य बढाइने
प्रधानमन्त्री बालेनसँग भारतीय विदेशमन्त्री जयशंकरले गरे भेटवार्ता, दुई देशको सहकार्य बढाइने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। जयशंकरले होटल ताजमा पुगेर बालेनसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

GBIME
Tata

भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

उनीहरुबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको भेटवार्तामा सहभागी अधिकारीहरुले बताएका छन्। बालेन र जयशंकरबीचको वार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, बालेनका राजनीतिक सल्लाहकार असिम शाह, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत सहभागी थिए।

आइतबार अपराह्न नयाँ दिल्ली पुगेका बालेन विमानस्थलमा वाणिज्य राज्यमन्त्री जितिन प्रसादको स्वागतपछि सिधै होटलमा पुगेका थिए। बालेनले आइतबार ताज होटलमै रात बिताउनेछन्।

उनले सोमबार भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्ने तालिका छ।