काठमाडौं। यूएईले नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसियन कप राइजिङ स्टार्स अन्तर्गत आज जारी खेलमा यूएईले सुरुवाती ब्याटिङ गर्दै ३९.५ ओभरमा अलआउट हुँदै १२१ रन बनाएको हो।
कतारको दोहामा जारी खेलमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका थिए। पहिला ब्याटिङमा उत्रिएको यूएईले नेपालको कसिलो बलिङसामू प्रभाव देखाउनै सकेनन्। ओपनर आर्यांस शर्मा र अंश टण्डन दोहोरो अंक नजोड्दै पभेलियन फर्किँदा मोहम्मद सहदादले सर्वाधिक ४०, हरप्रीत सिंहले ३२ तथा नुरुल्ला अयोबीले १२ रनको योगदान दिए।
बलिङमा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलको बलिङ घातक रह्यो। कप्तान लामिछानेले आफ्नो स्पेल बलिङ गर्दा १.१० को इकोनमीमा ३ मेडन राख्दै ३ विकेट लिए। उनले १० ओभरमा मात्रै १५ रन खर्चिए। त्यस्तै, कुशल भुर्तेलले ३ को इकोनमीमा २ मेडन राखेर ३ विकेट लिए। त्यसबाहेक नन्दन यादव, ललित राजवंशी र राशिद खानले समान १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।