BIZMANDU
www.bizmandu.com

टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा सार्वजनिक

२०८३ मंसिर ६

टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा सार्वजनिक
टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा सार्वजनिक

काठमाडौं। जगदम्बा मोटर्सले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रम आयोजना गर्दै उक्त मोटरसाइकल सार्वजनिक गरेको हो।

GBIME
Tata

मोटरसाइकलको अनावरण टीभीएस मोटर कम्पनीकी एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख संचालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा गरेका हुन्।

कम्पनीले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीलाई उत्कृष्ट प्रदर्शन, आधुनिक प्रविधि र सुरक्षाको संयोजनका रूपमा प्रस्तुत गरेको छ। यसमा परिष्कृत इन्जिन र सहज प्रदर्शनलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

यो बाइकमा एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प राखिएको छ। यसमा टीभीएस स्मार्टएक्सकनेक्ट प्रविधिसहितको टीएफटी डिस्प्ले पनि उपलब्ध छ। त्यस्तै, सुरक्षित राइडिङका लागि ड्युअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम जडान गरिएको छ।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले नयाँ मोटरसाइकलले राइडरलाई उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने बताए। उनका अनुसार यसको परिष्कृत इन्जिन र सहज प्रदर्शन मुख्य आकर्षण हुन्।

नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा ३ राइड मोड उपलब्ध छन्। राइडरले सडकको अवस्था र आफ्नो आवश्यकताअनुसार मोड छनोट गर्न सक्नेछन्।

दैनिक यात्राका लागि अर्बान मोड उपयुक्त छ। थप रोमाञ्चक राइडिङ अनुभवका लागि स्पोर्ट मोड उपलब्ध छ।

त्यस्तै, प्रतिकूल मौसममा सहज राइडिङका लागि रेन मोड दिइएको छ। रेन मोडमा ट्र्याक्सन कन्ट्रोल सिस्टमले पनि सहयोग गर्छ।

मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई आकर्षक रङमा उपलब्ध छ। नेपाली बजारमा यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपालभरका आधिकारिक टीभीएस शोरुममा उपलब्ध छ।