BIZMANDU
www.bizmandu.com

नेपालले टस जितेर फिल्डिङ रोज्यो, यूएई ब्याटिङमा, तीन जनाको ओडीआई डेब्यु

२०८३ मंसिर ६

नेपालले टस जितेर फिल्डिङ रोज्यो, यूएई ब्याटिङमा, तीन जनाको ओडीआई डेब्यु
नेपालले टस जितेर फिल्डिङ रोज्यो, यूएई ब्याटिङमा, तीन जनाको ओडीआई डेब्यु

काठमाडौं। नेपाली क्रिकेट टोलीले यूएईविरुद्ध पहिला फिल्डिङ रोजेको छ। एसीसी एसिया कप राइजिङ स्टार्समा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर यूएईलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।

GBIME
Tata

कतारको दोहामा नेपाल आफ्नो दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल २६ रनमा अलआउट हुँदै लज्जास्पद हार ब्यहोरेको थियो। यूएई पहिलो खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएको थियो।

आजको खेलमा नेपाली टोलीमा देव खनाल र मयन यादवले स्थान बनाएका छन्। लोकेेश बम र मयनसँगै राशिद खानको यो ओ‌डीआई डेब्यु खेल हो। यूएई र नेपालबीचको खेल ओडीआई मान्यता प्राप्त हो भने अघिल्लो खेलमा भारत ‘ए’ भएकाले ओडीआई थिएन।

नेपालको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, अर्जुन कुमाल, देव खनाल, लोकेश बम, मयन यादव, पवन सर्राफ, राशिद खान, बसीर अहमद, ललित राजवंशी,