BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा प्रति तोलामा २ हजार ८ सय रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो

२०८३ मंसिर ६

सुनको मूल्यमा प्रति तोलामा २ हजार ८ सय रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो
सुनको मूल्यमा प्रति तोलामा २ हजार ८ सय रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं। सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रति तोला २ हजार ८ सय रुपैयाँले गिरावट आएको छ।

GBIME
Tata

आइतबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ४२ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन तोलामा १२ हजार २०० रुपैयाँले घटेर प्रति तोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार सुन प्रति तोला २ लाख ५७ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य आइतबार तोलामा ४५ रुपैयाँ घटेर प्रति तोला ३ हजार ६५ रुपैयाँ छ। शुक्रबार चाँदी प्रति तोला ३ हजार ११० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३५२४.८ डलर छ। चाँदी प्रति औंस ४०.९९ डलर छ।