काठमाडौं। श्रृजनशील लघुवित्तको नाफामा सुधार भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा लघुवित्तले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
पोहोर यसै अवधिमा लघुवित्तको नाफा १ करोड ९३ लाख रुपैयाँले ऋणात्मक थियो।
कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ राइट) ब्याक गर्दा लघुवित्तको नाफा धनात्मक भएको हो। लघुवित्तले १ करोड ८३ लाख रुपैयाँ प्रोभिजनिङ राइट ब्याक गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले ३ करोड ८५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो।
लघुवित्तको ब्याज आम्दानी भने खुम्चिएको छ। पोहोर तीन महिनामा ४ करोड २२ लाख ब्याज आम्दानी गरेको लघुवित्तको यस्तो आम्दानी चालु आवको सोही अवधिमा ३ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ।
लघुवित्तको फि आम्दानी बढेको छ। यस्तो आम्दानी पोहोर तीन महिनामा ५६ लाख रहेकामा अहिले ६६ लाख पुगेको छ।
लघुवित्तले ठूलो रकम प्रोभिजनिङ राइट ब्याक गरे पनि खराब कर्जा अनुपात भने घटेको छैन। पोहोर ११.९३ प्रतिशत रहेको यस्तो अनुपात अहिले १२.९८ प्रतिशत पुगेको छ।
असोज मसान्तसम्म लघुवित्तको पुँजीकोष अनुपात पनि केही संकुचित भएको छ। पोहोर ८.६२ रहेको यस्तो अनुपात अहिले ८.५९ प्रतिशतमा झरेको छ।
लघुवित्तको वितरणयोग्य नाफा १ करोड ५८ लाख रुपैयाँ पुगेको छ।