BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री शाहको घोषणा, ‘एनपीएलका आठ वटै टिमलाई सरकारले रंगशाला निर्माण गर्ने’

२०८३ मंसिर ५

प्रधानमन्त्री शाहको घोषणा, ‘एनपीएलका आठ वटै टिमलाई सरकारले रंगशाला निर्माण गर्ने’
default

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) मा आवद्ध आठवटै टोलीलाई सरकारले रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।

GBIME
Tata

आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाउने घोषणा पनि शाहले गरेका छन्।

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने पनि जनाएका छन्।

शाहको घोषणा अनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सलाई सिद्धार्थ क्रिकेट रंगशाला,  कर्णाली याक्सलाई सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ।

सुदूरपश्चिम रोयल्सलाई फाप्ला क्रिकेट रंगशाला निर्माण हुनेछ। फाप्लाको निर्माण भने अघि बढिसकेको छ। काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान हुनेछ।  

घोषणा अनुसार पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला,  जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला होम ग्राउन्ड हुने प्रधानमन्त्रीको घोषणामा उल्लेख छ।