काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलअघि चोभारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको मनोरम दृश्य देखिएको छ। मैदानको पृष्ठभूमिमा देखिएको हिमशृङ्खलाले दृश्यलाई थप आकर्षक बनाएको छ।
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे फाइनल खेल सुरु हुनेछ।


दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

