BIZMANDU
www.bizmandu.com

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, विश्वासको मत जुटाउन चुनौती

२०८३ मंसिर ५

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, विश्वासको मत जुटाउन चुनौती
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, विश्वासको मत जुटाउन चुनौती

धनुषा। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

GBIME
Tata

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलेले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार दिउँसो ४ बजेसम्मको समय दिएको थियो। तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिएनन्।

यस्तो अवस्थामा संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। नवनियुक्त मुख्यमन्त्री यादवले अब प्रदेशसभाबाट संविधानले तोकेको समयभित्र विश्वासको मत लिनुपर्नेछ। मधेशमा कांग्रेस नेतृत्वको एमाले-नेकपा गठबन्धन सरकार थियो। एमाले र नेकपा बाहिरिँदै समर्थन फिर्ता लिएपछि सरकार ढलेको थियो।

१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन्। संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना छन्। रासस