चितवन। एसिया, युरोप, अमेरिकालगायत विश्वका विभिन्न देशहरूमा जाने यात्रुहरूलाई सहज, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले चितवनको नारायणगढ स्थित लायन्सचोकमा ‘ट्राभल मित्र’ होलिडेज संचालनमा आएको छ।
तीन युवाको समूहले चितवनका कर्पोरेटदेखि स्थानीय स्तरको बजारलाई हेरेर आउटबाउन्ड टुरिज्जम लक्षित ट्राभल एजेन्सी स्थापना गरेका हुन्। एजुकेशन कन्सल्टेन्सी, प्लास्टिकका सामान उत्पादन गर्ने फाइबर कम्पनी र इन्टरनेट प्रोभाइडर कम्पनी लगायतमा लगानी गरिरहेका समूहले ट्राभल एजेन्सीमा लगानी गरेका हुन्।
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई टिकेटिङ, विभिन्न देशको भिजिट भिसा सहजीकरण तथा स्वदेश तथा विदेशका आकर्षक गन्तव्यहरूमा होलिडे प्याकेज दिने कम्पनीका संचालक यमन भुसालले जानकारी दिए। वैदेशिक भ्रमण, पारिवारिक घुमघाम तथा व्यावसायिक यात्रामा जाने सेवाग्राहीलाई एउटै छानामुनिबाट सम्पूर्ण ट्राभल सम्बन्धी समाधान उपलब्ध गराउने कम्पनीको मुख्य लक्ष्य रहेको उनले बताए। कम्पनीका अध्यक्ष रहेका भुसाल इन्टरनेट प्रोभाइडर टेकमाइन्डका संचालक हुन्।

पछिल्लो समय चितवन तथा आसपासका जिल्लाबाट वैदेशिक भ्रमण र छुट्टी मनाउन विदेश जानेहरूको संख्या बढ्दै गएकोले ट्राभल प्याकेज दिने उदेश्यसहित कम्पनी स्थापना गरिएको कम्पनीका प्रवन्ध निर्देशक सुरज पौडेलले जानकारी दिए। पौडेल राइट पाथ एजुकेसन कन्सल्टेन्सी नारायणगढको पनि संचालक हुन्। उनका अनुसार अनुभवी जनशक्तिमार्फत भिसा प्रक्रियाका लागि आवश्यक परामर्श, कागजात सहजीकरण, होटल बुकिङ तथा टुर प्याकेजहरू व्यवस्थित रूपमा उपलब्ध गराइनेछ।
चितवनसहित नवलपुर, मकवानपुर, धादिङ र गोरखाका सेवाग्राहीहरूलाई समेत ट्राभल तथा टिकेटिङसम्बन्धी कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने कम्पनीका निर्देशक महेश पाण्डेको भनाई छ। पाण्डे हिमालय फाइबर मेटल एण्ड फर्निचर इन्ड्रस्ट्रिजका संचालक समेत हुन्।