BIZMANDU
www.bizmandu.com

भाटभटेनीको दमक आउटलेट पुनः सञ्चालनमा, आधुनिक सुविधासँगै गुणस्तरीय सेवाको प्रतिबद्धता

२०८३ मंसिर ५

भाटभटेनीको दमक आउटलेट पुनः सञ्चालनमा, आधुनिक सुविधासँगै गुणस्तरीय सेवाको प्रतिबद्धता
भाटभटेनीको दमक आउटलेट पुनः सञ्चालनमा, आधुनिक सुविधासँगै गुणस्तरीय सेवाको प्रतिबद्धता

विराटनगर। भाटभटेनी डिपार्टमेन्टल स्टोरको झापाको दमकस्थित सुपरस्टोर पुनः सञ्चालनमा आएको छ। ग्राहकका लागि शनिबारदेखि खुला गरिएको भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताएका हुन्।

GBIME
Tata

जेनजी आन्दोलनका बेला तोडफोड र आगजनीमा परेको स्टोर १४ महिनापछि सञ्चालनमा आएको हो। पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनःनिर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको व्यवस्थापनले जनाएको छ।

‘ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

साप्ताहिक बिदाको दिन पारेर सञ्चालन सुरु गरिएको दमक सुपरस्टोरमा पहिलो दिन नै सर्वसाधारणको भीड लागेको छ।