BIZMANDU
www.bizmandu.com

डलरसँगै घट्यो युरो र पाउण्ड, जापानी येनमात्रै स्थिर, सुनको मूल्यमा अझै गिरावट

२०८३ मंसिर ५

डलरसँगै घट्यो युरो र पाउण्ड, जापानी येनमात्रै स्थिर, सुनको मूल्यमा अझै गिरावट
डलरसँगै घट्यो युरो र पाउण्ड, जापानी येनमात्रै स्थिर, सुनको मूल्यमा अझै गिरावट

काठमाडौं। अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङसँगै अधिकांश विदेशी मुद्रा अघिल्लो दिनका तुलनामा सस्तिएका छन्। सुनचाँदीको मूल्यमा गएको पहिरो थामिएको छैन।

GBIME
Tata

विश्वबजारमा २४ घण्टामा १५९.५४ डलर घट्दै सुन प्रति औंस ३५२४.८ डलरले कारोबार भइरहेको छ। चाँदी ३.४७ डलर घट्दै प्रति औंस ४०.९९ डलर भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकीको खरिद दर १४७ रुपैयाँ ९८ पैसा र बिक्री दर १४८ रुपैयाँ ५८ पैसा भएको छ। शुक्रबार खरिद दर १४८ रुपैयाँ ९७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५७ पैसा थियो।

युरोपियन युरो पनि घटेर खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६३ रुपैयाँ ७ पैसा भएको छ। शुक्रबार खरिद दर १६३ रुपैयाँ ७८ पैसा र बिक्री दर १६४ रुपैयाँ ४४ पैसा थियो।

यस्तै पाउण्ड स्टर्लिङको खरिद दर १९३ रुपैयाँ ९६ पैसा र बिक्री दर १९४ रुपैयाँ ७५ पैसा भएको छ। शुक्रबार खरिद दर १९५ रुपैयाँ ८९ पैसा र बिक्री दर १९६ रुपैयाँ ६८ पैसा थियो। स्वीस फ्रयांकको खरिद दर १७५ रुपैयाँ ८८ पैसा र बिक्री दर १७६ रुपैयाँ ६० पैसा भएको छ। शुक्रबार खरिद दर १७६ रुपैयाँ ८१ पैसा र बिक्री दर १७७ रुपैयाँ ५२ पैसा थियो।

अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम लगायता सबैजसोको मूल्यमा गिरावट छ। जापानी येनको खरिद दर भने स्थिर छ। १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा भएको छ। शुक्रबारका तुलनामा बिक्री दर १ पैसाले बलियो भएको छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११४७.९८१४८.५८
युरोपियन युरो११६२.४११६३.०७
पाउण्ड स्टर्लिङ११९३.९६१९४.७५
स्वीस फ्रयांक११७५.८८१७६.६०
अष्ट्रेलियन डलर१९८.५५९८.९५
क्यानेडियन डलर११०३.३३१०३.७५
सिंगापुर डलर१११४.७७११५.२४
जापानी येन१०९.३२९.३६
चिनियाँ युआन१२२.१६२२.२५
साउदी रियाल१३९.४४३९.६०
कतारी रियाल१४०.६१४०.७८
थाइ भाट१४.३६४.३८
यूएई दिराम१४०.२९४०.४५
मलेसियन रिंगिट१३५.९८३६.१३
साउथ कोरियन वोन१००११.०६११.११
स्वीडिश क्रोनर११४.५११४.५७
डेनिश क्रोनर१२१.७३२१.८२
हङकङ डलर११८.८८१८.९६
कुवेती दिनार१४७८.९०४८०.८४
बहरेन दिनार१३९२.२९३९३.८८
ओमानी रियाल१३८४.३६३८५.९२
स्रोत : नेपाल राष्ट्र बैंक