काठमाडौं। नेपाली क्रिकेट टोलीले भारत ‘ए’बाट ३३३ रनको लक्ष्य पाएको छ। एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रन बनाएको हो।
नेपालसामू ठूलो लक्ष्य प्रस्तुत गर्न भारतीय टोलीका कप्तान तिलक वर्मा र कुमार कुसाग्राले शतक बनाए। कुमारले सर्वाधिक ११७ रन बनाउने क्रममा १०२ बलमा १० चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, तिलकले ११३ बलमा ६ चौका र ४ छक्काको सहायतामा १०७ रन बनाए।
त्यसबाहेक वैभव सूर्यवंशीले २६, सूर्यांस सेडगेले अविजित ३६ रन बनाए।
बलिङमा सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिँदा नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।