BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेन र रवि तीन घण्टा आमनेसामने, छलफलको मुख्य विषय भारत भ्रमण

२०८३ मंसिर ४

प्रधानमन्त्री बालेन र रवि तीन घण्टा आमनेसामने, छलफलको मुख्य विषय भारत भ्रमण
प्रधानमन्त्री बालेन र रवि तीन घण्टा आमनेसामने, छलफलको मुख्य विषय भारत भ्रमण

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो आसन्न भारत भ्रमणलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।

GBIME
Tata

बालेनले शुक्रबार अपराह्न रविलाई सिंहदरबारमा बोलाएर भारत भ्रमणबारे छलफल गरेका हुन्। बालेनले भारत भ्रमणकै एजेण्डामा केन्द्रित रहेर रविसँग छलफल गरेको उनका राजनीतिक सल्लाहकार असिम शाहले जानकारी दिए।

‘प्रधानमन्त्रीले पार्टी सभापतिसँग भारत भ्रमणकै विषयमा कुराकानी गर्नुभएको हो। उहाँले भ्रमणको तयारीबारे जानकारी गराउनुभयो। सभापतिज्यूले पनि आफूलाई लागेका कुरा भन्नुभयो,’ असिमले बिजमाण्डूसँग भने।

उनका अनुसार बालेन र रविबीच प्रधानमन्त्री कार्यालयमा तीन घण्टा छलफल भएको थियो। रवि निर्वाचन आयोगले राखेको छलफल सकेर अपराह्न २ बजे सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्री बालेन भारतको दुई दिने राजकीय भ्रमणका लागि आइतबार अपराह्न १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट ३४ सदस्यीय सरकारी टोली र ५२ जना उद्योगी व्यवसायीसहित नयाँ दिल्ली जाँदैछन्।