BIZMANDU
www.bizmandu.com

सेयर बजारमा १८१ कम्पनीको मूल्य घट्यो, सूचक २६२१ अंकमा आउँदा ३.८८ अर्बको कारोबार

२०८३ मंसिर ४

सेयर बजारमा १८१ कम्पनीको मूल्य घट्यो, सूचक २६२१ अंकमा आउँदा ३.८८ अर्बको कारोबार
सेयर बजारमा १८१ कम्पनीको मूल्य घट्यो, सूचक २६२१ अंकमा आउँदा ३.८८ अर्बको कारोबार

काठमाडौं। सेयर बजार सूचक घटेको छ। नेप्से परिसूचक शुक्रबार ७.३८ अंक ओरालो लागेर २६२१.२९ विन्दुमा आएको छ।
कारोबारमा आएका बैंकिङ र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्।

GBIME
Tata

होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ। बजारमा १८१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। पाल्पा सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ।

बजारमा ८९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले बढेको छ।
शुक्रबार ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै २० करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।