BIZMANDU
www.bizmandu.com

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’, किन्न खोज्नेहरु थिए २ लाख, क्षमता ८ हजार मात्रै

२०८३ मंसिर ४

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’, किन्न खोज्नेहरु थिए २ लाख, क्षमता ८ हजार मात्रै
एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’, किन्न खोज्नेहरु थिए २ लाख, क्षमता ८ हजार मात्रै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’ (बिक्री) भएको छ। टिकट खुल्ला गरिएको समयमा करिब २ लाख जनाले किन्न खोजेका कारण एकैछिनमा सोल्डआउट भएको हो।

GBIME
Tata

त्रिवि क्रिकेट रंगशालाको दर्शक क्षमता ८ हजार मात्र हो।

टिकटको बिक्री डिजिटल वालेट ‘इसेवा’मार्फत खुला गरिएको थियो। टिकट बिक्री प्रक्रिया अपारदर्शी भएको भन्दै नपाउनेहरु विरोध जनाउन त्रिवि मैदान परिसरमा भेला भएका छन्।

एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुर रंगशाला बाहिर पुगेका दर्शक। तस्वीर : सुशील श्रेष्ठ
एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुर रंगशाला बाहिर पुगेका दर्शक। तस्वीर : सुशील श्रेष्ठ

नेपाल क्रिकेट संघले भने मैदानको क्षमता अनुसार टिकटको उपलब्धता सीमित भएका कारण केही मिनेटमै सोल्डआउट भएको भन्दै दर्शकलाई भएको असुविधामा क्षमा मागेको छ।

क्यानले टिकट नपाउने दर्शकलाई अनलाइन र अन्य प्लेटफर्ममार्फत फाइनल खेल हेर्न आग्रह गरेको छ।

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ।