काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले यही मंसिर ८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।
बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गर्ने नेताहरुले बताएका छन्। कांग्रेस सभापति गगन थापाले यसअघि सार्वजनिक रुपमा नै पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताइसकेका छन्।