BIZMANDU
www.bizmandu.com

जनकपुरधामदेखि अयोध्यासम्म हप्तामा २ दिन रेल संचालन हुने, यस्तो छ समयतालिका

२०८३ मंसिर ४

जनकपुरधामदेखि अयोध्यासम्म हप्तामा २ दिन रेल संचालन हुने, यस्तो छ समयतालिका
जनकपुरधामदेखि अयोध्यासम्म हप्तामा २ दिन रेल संचालन हुने, यस्तो छ समयतालिका

काठमाडौं। जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म संचालन हुने साप्ताहिक रेल सेवाको समयतालिका सार्वजनिक गरिएको छ।

GBIME
Tata

जनकपुरधाम-अयोध्या क्यान्ट रेल सेवाका लागि १५५९५ र १५५९६ नम्बरका दुई रेलको समयतालिका सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार जनकपुरधामबाट अयोध्या क्यान्टसम्म र अयोध्या क्यान्टबाट जनकपुरधामसम्म साप्ताहिक रूपमा रेल संचालन हुनेछ।

१५५९५ नम्बरको रेल जनकपुरधामबाट शनिबार दिउँसो १:१० बजे छुट्ने समयतालिका छ। यो रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्ने उल्लेख छ।

त्यस्तै, १५५९६ नम्बरको रेल अयोध्या क्यान्टबाट आइतबार दिउँसो १२:४० बजे छुट्नेछ। यो रेल सोमबार साँझ ५:५० बजे जनकपुरधाम पुग्ने समयतालिकामा उल्लेख छ।

यो रेल सेवाले जनकपुरधाम, जयनगर, दरभंगा, समस्तीपुर, मुजफ्फरपुर र गोरखपुर हुँदै अयोध्यासम्मको आवागमनलाई जोड्नेछ। यसले नेपाल र भारतका धार्मिक तथा पर्यटकीय गन्तव्यबीच यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ।