BIZMANDU
www.bizmandu.com

बालेनको भारत भ्रमण टोलीमा व्यवसायीको जम्बो टोली, ५२ जनाको सूचीमा को-को?

२०८३ मंसिर ४

बालेनको भारत भ्रमण टोलीमा व्यवसायीको जम्बो टोली, ५२ जनाको सूचीमा को-को?
बालेनको भारत भ्रमण टोलीमा व्यवसायीको जम्बो टोली, ५२ जनाको सूचीमा को-को?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँगै उद्योगी व्यवसायीहरुको जम्बो टोली भारत भ्रमणमा जाने भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग जाने ५२ जना उद्योगी व्यवसायीको नाम फाइनल गरेको छ।

GBIME
Tata

मन्त्रालयले प्रधानमन्त्रीको राजकीय भ्रमणमा भारत भ्रमणमा जानका लागि उद्योगी व्यवसायीहरुलाई पत्र पठाइसकेको छ। बालेनको भ्रमण टोलीमा जानका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा र महानिर्देशक गोपाल प्रसाद तिवारीलाई पत्र पठाइएको हो।

यस्तै महासंघका कार्यसमिति सदस्य सुनिता नेमाफुकी, बटु लामिछाने, उज्वल श्रेष्ठ, सागर ढकाल निरज काफ्ले र शशीकुमार अग्रवाल पनि बालेनको भ्रमण टोलीमा परेका छन्।

नेपाल उद्योग परिसंघबाट बालेनसँगै अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र राजबहादुर शाह भारत जाने भएका छन्। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा बालेनको भ्रमण टोलीमा समेटिएका छन्।

नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष कुनाल कायल र निवर्तमान अध्यक्ष सुनिल केसी तथा उपाध्यक्ष करण चौधरी टोलीमा परेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष मोहन कुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल बालेनसँग भारत जाने भएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघकमा अध्यक्ष निकोलस पाण्डे, फेडरेसन अफ नेप्लिज इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष खिम नारायण पराजुली, नेपाल सफ्टवेयर तथा आईटी सेवा प्रदायक संघ (नास-आईटी)का उपाध्यक्ष विभूषण विष्ट, गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपतिदेव पाण्डे, औषधी उत्पादक अर्जुनकुमार श्रेष्ठ पनि प्रधानमन्त्री बालेनसँग भारत जाने भएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ, नेपाल निर्यात उद्यमी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल कफी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठलाई पनि प्रधानमन्त्रीसँग भारत जान पत्र पठाइएको छ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरत जङ्ग पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ र महासचिव दिकिला शेर्पा लामा, नेपाल कार्पेट उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ भ्रमण टोलीमा परेका छन्।

सरकारले उद्यमी सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङलाई पनि भ्रमणमा समेटेको छ। ढकाल आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा र कल्याण भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङका छोरा हुन् भने नितेश कमल मालपानीका छोरा हुन्।

टुक प्रसाद पौडेल, जीवा लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास प्रधानमन्त्रीको भ्रमण दलमा रहनेछन्। भ्रमण दलमा वीवाइडी गाडीको नेपालको अधिकृत बिक्रेता साइमेक्स इंकको प्रवन्ध निर्देशक यमुना श्रेष्ठ, नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं एमएडब्लुका प्रवन्ध निर्देशक विष्णु कुमार अग्रवाल, वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा र रञ्जन कुमार बान पनि रहेका छन्।

उद्योगी व्यवसायीलाई नेपाल भारत बिजनेस फोरमको कार्यक्रममा सहभागी गराउनका लागि लान लागिएको हो। आइतबार साँझको डिनरसहितको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने तय भएको छ।

भ्रमणमा जाने उद्यवगी व्यवसायीले हवाई भाडा र होटल खर्च भने आफैं बेहोर्नुपर्नेछ। बालेनसँग जाने सरकारी टोलीमा भने ३४ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बालेन आइतबार अपराह्न १: ४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमा भारत भ्रमणमा जाँदैछन्।