काठमाडौं। चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्माले जिम्मेवारी सम्हालेका छन्। उनले बिहीबार बेइजिङस्थित नेपाली दूतावास पुगेर जिम्मेवारी सम्हालेका हुन्।
राजदूत शर्मालाई डेपुटी चिफ अफ मिसान रोशन खनाल लगायत कर्मचारीले स्वागत गरेका छन्।

खनाल र अन्य कर्मचारी राजदूत शर्माको स्वागतका लागि विमानस्थलमा पुगेका थिए।

मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई कात्तिक ३० गते राजदूत नियुक्त गरेका थिए।