BIZMANDU
www.bizmandu.com

अटो बजारमा इभीको हिस्सा निरन्तर उकालो, तीन महिनाको आयातमा विद्युतीय गाडीको हिस्सा ८५%

२०८३ मंसिर ३

अटो बजारमा इभीको हिस्सा निरन्तर उकालो, तीन महिनाको आयातमा विद्युतीय गाडीको हिस्सा ८५%
अटो बजारमा इभीको हिस्सा निरन्तर उकालो, तीन महिनाको आयातमा विद्युतीय गाडीको हिस्सा ८५%

काठमाडौं। नेपालमा विद्युतीय सवारीसाधन (इभी)को आयात हिस्सा उल्लेख्य रुपमा बढ्दै गएको छ। चालु आर्थिक वर्ष पहिलो तीन महिनामा मूल्यका आधारमा कुल यात्रुबाहक सवारीसाधनको आयातमा इभीको हिस्सा ८४.९ प्रतिशत छ।

GBIME
Tata

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म १६ अर्ब ७ करोड रुपैयाँ बराबरका विद्युतीय यात्रुबाहक गाडी आयात भएका छन्। सोही अवधिमा पेट्रोल, डिजेल तथा हाइब्रिड लगायत अन्य यात्रुबाहक सवारीसाधन २ अर्ब ८५ करोड रुपैयाँका भित्रिएका छन्।

कुन वर्ष कति आयात?

विगत सात आर्थिक वर्षको तथ्यांकले नेपालमा प्यासेन्जर सवारी आयातको संरचना बदलिँदै गएको देखाउँछ। आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३३ करोड रुपैयाँ बराबरका इभी आयात हुँदा अन्य प्यासेन्जर सवारी १० अर्ब ३७ करोडका भित्रिएका थिए।

आर्थिक वर्ष २०७७/७८ मा इभीको आयात घट्यो। त्यो वर्ष १ अर्ब ३ करोड रुपैयाँका इभी भित्रिए। त्यसपछि भने इभीको आयात क्रमशः बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब ५ करोड, २०७९/८० मा १२ अर्ब ६० करोड, २०८०/८१ मा ३० अर्ब ७८ करोड र २०८१/८२ मा ३३ अर्ब ४५ करोड रुपैयाँको इभी भित्रिएको तथ्यांक छ।

गत आर्थिक वर्ष २०८२/८३ मा भने इभीको आयात केही खुम्चियो। त्यो वर्ष २९ अर्ब ६९ करोड रुपैयाँका इभी भित्रिएका थिए।

इभीको बजार बढ्दै जाँदा पेट्रोल, डिजल तथा अन्य यात्रुबाहक सवारीको हिस्सा कमजोर देखिन थालेको छ। अन्य यात्रुबाहक सवारी आर्थिक वर्ष २०७६/७७ मा १० अर्ब ३७ करोड, २०७७/७८ मा १५ अर्ब ७९ करोड र २०७८/७९ मा १७ अर्ब ६८ करोड रुपैयाँका भित्रिएकामा त्यसपछि भने घटेको देखिन्छ।

२०७९/८० मा ४ अर्ब २९ करोड र २०८२/८३ मा ७ अर्ब ८२ करोडका अन्य यात्रुबाहक सवारी भित्रिएको तथ्यांक छ।