BIZMANDU
www.bizmandu.com

गोरुसिंगे-चन्द्रौटा सडक खण्ड विस्तार गर्न ४.५६ अर्बमा ठेक्का सम्झौता, २९ महिनामा सम्पन्न गरिने

२०८३ मंसिर ३

गोरुसिंगे-चन्द्रौटा सडक खण्ड विस्तार गर्न ४.५६ अर्बमा ठेक्का सम्झौता, २९ महिनामा सम्पन्न गरिने
गोरुसिंगे-चन्द्रौटा सडक खण्ड विस्तार गर्न ४.५६ अर्बमा ठेक्का सम्झौता, २९ महिनामा सम्पन्न गरिने

काठमाडौं। पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजना अनुसार गोरुसिंगे-चन्द्रौटा सडक खण्डको ठेक्का लगाइएको छ।

GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यो खण्ड विस्तारका लागि ४ अर्ब ५६ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको जानकारी दिए।

सडक २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ। १९.२ किलोमिटर लामो यो सडक खण्ड सर्भिस लेनसहित ६ लेनमा विस्तार हुनेछ।

सडक विभागले आयोजनाअन्तर्गत २ वटा ठूला पुल, ६ वटा साना पुल, ७२ वटा कल्भर्ट, पैदलयात्रीका लागि २ वटा अन्डरपास, सवारीसाधनका लागि १ वटा अन्डरपास र पैदलयात्रीका लागि १ वटा आकाशे पुल निर्माण गरिने बताएको छ। वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गरिनेछ।