BIZMANDU
www.bizmandu.com

कमिलको शतक र बोपाराको अर्धशतकमा चितवनको सानदार ब्याटिङ, बलियो लक्ष्य

२०८३ मंसिर २

कमिलको शतक र बोपाराको अर्धशतकमा चितवनको सानदार ब्याटिङ, बलियो लक्ष्य
कमिलको शतक र बोपाराको अर्धशतकमा चितवनको सानदार ब्याटिङ, बलियो लक्ष्य

काठमाडौं। चितवन राइनोजले काठमाडौं गोर्खाजसामू २०५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको हो।

GBIME
Tata
चितवनको ब्याटिङ। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा चितवनले ओपनर देव खनाललाई १७ तथा डेभिड मलानलाई शुन्य रनमै गुमाएको थियो। तर, कमिल मिसरा र रवि बोपाराले १५४ रनको साझेदारी गर्दै इनिङ्स उकासे।

ब्याटिङमा चितवनका खेलाडी।

यसक्रममा कमिलले शतक तथा बोपाराले अर्धशतक बनाए।

मिसराले ५३ बलमा ४ चौका र ८ छक्काको सहायतामा शतक पूरा गरे। जारी संस्करणमा यो दोस्रो शतक हो। समग्रमा भने उनी ५९ बलमा १२० रन बनाउँदै अविजित रहे। उनले ५ चौका र १० छक्का प्रहार गरे। 

काठमाडौंको विकेट सेलिब्रेसन।

जारी सिजन यसअघि पोखरा एभेन्जर्सका युवराज साम्राले मात्रै शतकीय इनिङ्स खेलेका थिए। एनपीएल इतिहासमै हालसम्म नेपाली खेलाडीले शतक बनाएका छैनन्।

रवि बोपाराले भने ४२ बलमा ५३ रन बनाए।

क्रिजमा चितवनका बोपारा र कमिल।

बलिङमा करण केसी र राशिद खानले समान २ विकेट लिए पनि रोक्न सकेनन्।

काठमाडौं जवाफी ब्याटिङमा उत्रिँदैछ। आज जित्ने टोलीले बिहीबार सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।