BIZMANDU
www.bizmandu.com

बालेनसँग भारत जाने टोलीमा अर्थमन्त्री र परराष्ट्रमन्त्री, काटियो विराजभक्तको नाम

२०८३ मंसिर २

बालेनसँग भारत जाने टोलीमा अर्थमन्त्री र परराष्ट्रमन्त्री, काटियो विराजभक्तको नाम
बालेनसँग भारत जाने टोलीमा अर्थमन्त्री र परराष्ट्रमन्त्री, काटियो विराजभक्तको नाम

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ गतेदेखि गर्न लागेको भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई लाने भएका छन्।

GBIME
Tata

बालेनले भ्रमणमा जानेको सूचीबाट ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नाम काटेका छन्। विराजभक्तले प्रधानमन्त्रीसँगै भारत जाने भनेर बुधबार दिनभर छलफल गरेकामा बालेनले उनको नाम काटेको स्रोतले बतायो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीसँग अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल जाने टुंगो लागेको छ। बालेनले भारतका उद्योगी व्यवसायीको कार्यक्रममा सम्बोधनका लागि अर्थमन्त्री वाग्लेलाई रोजेका हुन्।

यसअघि ऊर्जामन्त्री श्रेष्ठका साथै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि जाने भनिएको थियो।