काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा तीनवटा सिमेन्ट कम्पनीले नाफा कमाएका छन्। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५ वटा सिमेन्ट कम्पनीमध्ये शिवम्, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्टले नाफा कमाएका हुन्।
सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै १० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको मुनाफा पोहोर पहिलो त्रैमासको तुलनामा भने ६७.९ प्रतिशतले घटेको छ।
कम्पनीले गत वर्ष तीन महिनामा ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो। सर्वोत्तम सिमेन्टको व्यापार भने ११.१७ प्रतिशतले बढेको छ।
यस्तै, शिवम् सिमेन्टले ७ करोड रुपैयाँ नाफा कमाएको छ। यो कम्पनीको नाफा पोहोरको तुलनामा ६६.३ प्रतिशतले घटेको छ। पहिलो त्रैमासमा कम्पनीको व्यापार भने १६.६९ प्रतिशतले बढेको छ।
सिमेन्ट कम्पनीको दुई आर्थिक वर्षको पहिलो त्रैमासको नाफा रु हजारमा
| कम्पनी | आर्थिक वर्ष २०८३/८४ | आर्थिक वर्ष २०८२/८३ | फरक % |
| शिवम् सिमेन्ट | ७०,६३० | २,०९,६६८ | -६६.३ |
| घोराही सिमेन्ट | -१,६१,५१५ | -१२८,०२० | – |
| सोनापुर मिनरल्स एण्ड आयल | १९,३१० | ४३,६८८ | -५५.८ |
| सर्वोत्तम सिमेन्ट | १,०३,९४० | ३,२४,२८० | -६७.९ |
| पाल्पा सिमेन्ट | -१,३७,६४५ | – | – |
सोनापुर मिनरल्स एण्ड आयलले १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा ५५.८ प्रतिशतले घटेको हो।
पहिलो त्रैमासमा सोनापुरले व्यापार भने ५.२९ प्रतिशतले बढाएको छ। घोराही र पाल्पा सिमेन्ट नोक्सानीमा गएका छन्।
पहिलो तीन महिनामा घोराही १६ करोड नोक्सानीमा जाँदा पाल्पा सिमेन्ट १३ करोड रुपैयाँ घाटामा छ। व्यापार भने दुवै सिमेन्ट कम्पनीले राम्रो गरेका छन्। घोराहीले असोजसम्म ८७ करोड ९७ लाख रुपैयाँको कारोबार गरेको छ। यस्तै, पाल्पा सिमेन्टले ६१ करोड रुपैयाँको व्यापार गरेको छ।
सिमेन्ट कम्पनीको दुई आर्थिक वर्षको पहिलो त्रैमासको आम्दानी रु हजारमा
| कम्पनी | आर्थिक वर्ष २०८३/८४ | आर्थिक वर्ष २०८२/८३ | फरक % |
| शिवम् सिमेन्ट | १७,८९,२६२ | १५,३३,३०९ | १६.६९ |
| घोराही सिमेन्ट | ८,७९,०१६ | ९,०६,०२१ | -२.९८ |
| सोनापुर मिनरल एण्ड आयल | ७,०५,३८२ | ६,६९,९२१ | ५.२९ |
| सर्वोत्तम सिमेन्ट | २२,०४,४१६ | १९,७५,७४७ | ११.५७ |
| पाल्पा सिमेन्ट | ६,१०,९७६ | – | – |