BIZMANDU
www.bizmandu.com

दानबहादुरलाई हटाइएको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश, दुई पक्षलाई बोलायो छलफलमा

२०८३ मंसिर २

दानबहादुरलाई हटाइएको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश, दुई पक्षलाई बोलायो छलफलमा
दानबहादुरलाई हटाइएको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश, दुई पक्षलाई बोलायो छलफलमा

काठमाडौं। दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाइएको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।  

GBIME
Tata

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दानबहादुरलाई प्रहरी महानिरीक्षकबाट हटाउनुको कारण मागेको हो।

दानबहादुरले प्रहरी महानिरीक्षकका रुपमा नै काम गर्नका लागि अन्तरिम आदेश मागेका थिए। सर्वोच्चले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

दानबहादुरका तर्फबाट बुधबार बहस गरेका कानुन व्यवसायीले सरकारलाई चित्त नबुझेकै आधारमा प्रहरी महानिरीक्षक हटाउन नमिल्ने तर्क गरेका थिए।

मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले दानबहादुरलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ति दिएको थियो। दानबहादुरको ठाउँमा डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाइएको थियो।