BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेनसँग राजदूत दलेलाले गरे भेट, भारत भ्रमणको तयारीबारे छलफल

२०८३ मंसिर २

प्रधानमन्त्री बालेनसँग राजदूत दलेलाले गरे भेट, भारत भ्रमणको तयारीबारे छलफल
प्रधानमन्त्री बालेनसँग राजदूत दलेलाले गरे भेट, भारत भ्रमणको तयारीबारे छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।

GBIME
Tata

दुई साताअघि नेपाल आएका राजदूत दलेलाले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गरेका हुन्।

बालेनले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

त्यसक्रममा राजदूत दलेलाले भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए।

उनले भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए।

प्रधानमन्त्री बालेन यही मंसिर ६ गते भारत भ्रमणमा जाँदैछन्।