BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब रुपैयाँ नाघ्यो, सरकारलाई दियो ४२ अर्ब रुपैयाँ लाभांश

२०८३ मंसिर २

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब रुपैयाँ नाघ्यो, सरकारलाई दियो ४२ अर्ब रुपैयाँ लाभांश
राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब रुपैयाँ नाघ्यो, सरकारलाई दियो ४२ अर्ब रुपैयाँ लाभांश

काठमाडौं। नेपाल राष्ट्र बैंकले वर्षभरीमा गरेको नाफाबाट सरकारलाई लाभांश बापत ४२ अर्ब रुपैयाँ वितरण गरेको छ। राष्ट्र बैंकले यसलाई भाषागत रुपमा लाभांश नभने पनि आम्दानीबाट सरकारको खातामा जम्मा गरिदिएको रकम हो।

GBIME
Tata

यसपालि आम्दानी बढे पनि सरकारलाई दिने हिस्सा भने पोहोरकै जति छ। राष्ट्र बैंकले मंगलबार अर्थ मन्त्रालयमा आफ्नो वार्षिक प्रतिवेदन बुझाइसकेको छ।

राष्ट्र बैंकले वर्षभरीमा आम्दानी ३.८४ प्रतिशतले बढाएको छ। गत आर्थिक वर्ष उसले विदेशी विनियम तथा अन्य सम्पति पुनर्मूल्यांकन गरी खुद आय ३.८४ प्रतिशतले बढाएको हो। बैंकले कुल ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको हो।

राष्ट्र बैंकको सञ्चालन आम्दानी ६.४८ प्रतिशतले बढेर ९३ अर्ब ९२ करोड २० लाख नाघेको छ। गत वर्ष विदेशी विनिमय बिक्रीबाट हुने आम्दानी भने ऋणात्मक छ। राष्ट्र बैंकका अनुसार यस्तो आम्दानी २ अर्ब ३ करोड ८८ लाख ४० हजार ऋणात्मक छ।