BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ सस्तियो

२०८३ मंसिर २

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ सस्तियो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेसँगै नेपाली बजारमा सुन र चाँदी दुवै थप सस्तिएको छ। सुनको मूल्य २.३६ र चाँदीको मूल्य ३.१५ प्रतिशतले घटेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला ६ हजार ३०० रुपैयाँले घटेको छ।

महासंघले बुधबार सुनको मूल्य प्रति तोला २ लाख ६० हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सुन मंगलबार प्रति तोला २ लाख ६७ हजार २०० रुपैयाँका दरले किनबेच भएको थियो।

सुनको भाउ तिहारपछि तोलामा २३ हजार ४०० रुपैयाँले घटेको छ।

चाँदीको मूल्य पनि प्रति तोला ११० रुपैयाँ घटेको छ। चाँदीको भाउ तोलाको ३ हजार ३८० रुपैयाँमा झरेको छ।