BIZMANDU
www.bizmandu.com

सिटिजन्स सुपर ५० को इकाई निष्कासन, आवेदन दिने म्याद मंसिर ७ गतेसम्म

२०८३ मंसिर २

सिटिजन्स सुपर ५० को इकाई निष्कासन, आवेदन दिने म्याद मंसिर ७ गतेसम्म
सिटिजन्स सुपर ५० को इकाई निष्कासन, आवेदन दिने म्याद मंसिर ७ गतेसम्म

काठमाडौं। सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ५० को इकाई निष्कासन गरेको छ। क्यापिटलले बुधबारदेखि सिटिजन्स सुपर ५० को इकाइमा आवेदन खुलाएको हो।

GBIME
Tata

प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाईमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई (कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत) कोष प्रवर्धक सिटिजन्स बैंक इन्टरनेसनललाई सुरक्षित राखिएको छ।

८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुलाएको हो। लगानीकर्ताले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

सिटिजन्स सुपर ५० दश वर्षे अवधिको बन्दमुखी योजना हो।