काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले सातजना इन्जिनियरलाई जागिरबाट बर्खास्त गरेको छ। इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, रा.प. तृतीय श्रेणी इन्जिनियर पदमा रहेर कार्बाही प्रक्रियामा रहेकाहरुलाई हटाएको हो।
हटाइएकाहरुमा पुजन न्यौपाने, सृष्टि भुसाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ छन्। पदमेन्द्रलाई बिदा स्वीकृत नगराइ कार्यालयमा लगातार ९० दिनसम्म अनुपस्थित रहेकाले हटाइएको मन्त्रालयले जनाएको छ।
अन्य ६ जना वैदेशिक अध्ययन/तालिम भन्दै बिदा लिएर गएपछि नफर्किएकाहरु हुन्। मन्त्रालयले स्पष्टीकरणको मौका दिएर कार्बाही गरेको हो। जागिरबाट हटाइएका उनीहरु भविष्यमा सरकारी सेवालाई अयोग्य भने नहुने मन्त्रालयको बुधबार जारी सूचनामा छ।