BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना

२०८३ मंसिर २

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी बजारमा परेको हिउँ । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस

काठमाडौं। हाल पश्चिमी वायुको आंशिक प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ।

GBIME
Tata

तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

त्यसैगरी, बुधबार राति कोशी, मधेश र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।