BIZMANDU
www.bizmandu.com

पुतलीसडकको रेमण्ड प्लाजामा संचालनमा आयो माउन्टेनमग कफीको नयाँ आउटलेट

२०८३ मंसिर २

पुतलीसडकको रेमण्ड प्लाजामा संचालनमा आयो माउन्टेनमग कफीको नयाँ आउटलेट
पुतलीसडकको रेमण्ड प्लाजामा संचालनमा आयो माउन्टेनमग कफीको नयाँ आउटलेट

काठमाडौं। नेपाली कफी ब्रान्ड माउन्टेनमग कफीले काठमाडौंको व्यस्त व्यापारिक केन्द्र पुतलीसडकमा नयाँ आउटलेट संचालनमा ल्याएको छ। पुतलीसडकस्थित रेमण्ड प्लाजामा खुलेको आउटलेटसँगै कम्पनीले राजधानीभित्र आफ्नो बजार तथा सेवा विस्तारलाई निरन्तरता दिएको हो।

GBIME
Tata

माउन्टेनमगले नेपाली कफीलाई आधुनिक कफी संस्कृतिसँग जोड्दै विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। कम्पनीले ग्राहकलाई प्रिमियम कफीको अनुभव प्रदान गर्ने लक्ष्यसहित सेवा विस्तार गरिरहेको बताएको छ।

कम्पनीका अनुसार नयाँ आउटलेट संचालनमा आएसँगै ग्राहकले रेमण्ड प्लाजाको खुला र व्यवस्थित वातावरणमा माउन्टेनमगको कफी अनुभव लिन सक्नेछन्। पर्याप्त पार्किङ सुविधा र सहज पहुँच भएको स्थानमा आउटलेट खुलेपछि कार्यालयका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा कफी पारखीलाई सहज हुने अपेक्षा गरिएको छ।

कुनै समय सेयर मार्केट कम्प्लेक्सका रूपमा परिचित रेमण्ड प्लाजालाई पुनर्संरचनामार्फत स्वदेशी तथा विदेशी ब्रान्डहरूको केन्द्र बनाउने योजना छ। प्लाजालाई व्यावसायिक तथा फुड मलका रूपमा स्थापित गर्न लागिएको संचालक सञ्जय अधिकारीले बताए।

अधिकारीका अनुसार विभिन्न प्रतिष्ठित ब्रान्डलाई एउटै छानामुनि ल्याएर पुतलीसडक क्षेत्रको व्यावसायिक गतिविधि र ग्राहकको आकर्षण बढाउने लक्ष्य राखिएको छ। माउन्टेनमग कफीको नयाँ आउटलेट संचालनले रेमण्ड प्लाजालाई नयाँ व्यावसायिक गन्तव्यका रूपमा विकास गर्ने योजनामा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।