BIZMANDU
www.bizmandu.com

पूर्वाधार तयार नभएसम्म काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला नहुने, स्थानीय प्रशासनले लगायो रोक

२०८३ मंसिर १

पूर्वाधार तयार नभएसम्म काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला नहुने, स्थानीय प्रशासनले लगायो रोक
पूर्वाधार तयार नभएसम्म काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला नहुने, स्थानीय प्रशासनले लगायो रोक

काठमाडौं। काठमाडौंका सबै क्षेत्रमा व्यापार, व्यवसाय तथा बजार चौबिसै घण्टा सञ्चालन गर्न स्थानीय प्रशासनले रोक लगाएको छ। आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्था सुनिश्चित नभएसम्म भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसाय सञ्चालनमा रोक लगाएको हो।  

GBIME
Tata

समग्र जिल्लालाई चौबिसै घण्टा खुला गर्ने तयारी भइरहे पनि पूर्वाधारको व्यवस्था र वृहत् तयारीपछि मात्रै खुला गरिने स्थानीय प्रशासनले जनाएको छ। हाल चौबिसै घण्टा खुला रहेका दरबारमार्ग र ठमेलबाहेक अन्य क्षेत्र तत्काल खुला नहुने पनि जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने उद्देश्यले रणनीतिक तयारी भइरहेको जनाएका छन्।

समग्र काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न भरपर्दो सुरक्षा प्रबन्धसँगै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीलगायतका पूर्वाधारमा काम भइरहेको सूचनामा उल्लेख छ।