BIZMANDU
www.bizmandu.com

फाइनल पुग्न लुम्बिनीलाई सामान्य लक्ष, ऐरीको अर्धशतकमै निर्भर सुदूरको ब्याटिङ

२०८३ मंसिर १

फाइनल पुग्न लुम्बिनीलाई सामान्य लक्ष, ऐरीको अर्धशतकमै निर्भर सुदूरको ब्याटिङ
फाइनल पुग्न लुम्बिनीलाई सामान्य लक्ष, ऐरीको अर्धशतकमै निर्भर सुदूरको ब्याटिङ

काठमाडौं। सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिमले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको हो।

GBIME
Tata
आरिफ र दीपेन्द्रको क्रिजमा संघर्ष।

सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरीको एकल प्रयास रह्यो। उनले ५१ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा इशान पाण्डेले २७ रन बनाए। पहिलो बलबाटै विकेट गुमाउन थालेको सुदूरपश्चिमको बाँकी ब्याटरले दोहोरो अंकको रननै बनाउन सकेनन्।

विकेट सेलिब्रेसनमा लुम्बिनीका खेलाडी।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलमेन र शेर मल्लले समान २ विकेट लिँदा किशोर महतो र अभिषेश गौतमले समान १ विकेट लिए।

रोयल डकआउट भएका जर्ज मुन्से।

आजको विजेता टोलीले सोझै एनपीएलको फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलिले दोस्रो क्वालिफायर खेल्नेछ।