BIZMANDU
www.bizmandu.com

भाटभटेनीको टंगालस्थित स्टोरको ग्रोसरी चौबिसै घण्टा खोल्ने योजना तत्कालका लागि स्थगित

२०८३ मंसिर १

भाटभटेनीको टंगालस्थित स्टोरको ग्रोसरी चौबिसै घण्टा खोल्ने योजना तत्कालका लागि स्थगित
भाटभटेनीको टंगालस्थित स्टोरको ग्रोसरी चौबिसै घण्टा खोल्ने योजना तत्कालका लागि स्थगित

काठमाडौं। देशको सबैभन्दा ठूलो चेन सुपरस्टोर भाटभटेनीले टंगालस्थित स्टोरको ग्रोसरी सेवा मंगलबारदेखि चौबिसै घण्टा सञ्चालन गर्ने योजना स्थगित गरेको छ।

GBIME
Tata

भाटभटेनीले ‘केही प्राविधिक कारणवश’ अर्को सूचना जारी नभएसम्मका लागि योजना स्थगित गरिएको बताएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकलाई अझ सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले संचालन गर्न लागिएको टंगाल स्टोरको २४ घण्टाको सेवा तत्कालका लागि स्थगित गरिएको बताए ।

‘हामी हाम्रा ग्राहकको अपेक्षा र विश्वासलाई सधैं उच्च प्राथमिकतामा राख्छौं। ग्राहकलाई निराश हुन नदिई आवश्यक तयारी पूरा गरेर छिट्टै नै २४ घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गर्नेछौं,’ सीओओ पौडेलले भने।