BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले ट्यापट्याप सेन्डसँग गर्‍यो सम्झौता, मोबाइल एपबाट रेमिटेन्स पठाउन सक्ने

२०८३ मंसिर १

माछापुच्छ्रे बैंकले ट्यापट्याप सेन्डसँग गर्‍यो सम्झौता, मोबाइल एपबाट रेमिटेन्स पठाउन सक्ने
माछापुच्छ्रे बैंकले ट्यापट्याप सेन्डसँग गर्‍यो सम्झौता, मोबाइल एपबाट रेमिटेन्स पठाउन सक्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित र विश्वसनीय बनाउने भन्दै अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डसँग सहकार्य थालेको छ।

GBIME
Tata

बैैंकले विप्रेषण सेवा सञ्चालन गर्न ट्यापट्याप सेन्डसँग सम्झौता गरेको छ।

यस सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहजरुपमा नेपालमा रकम पठाउन सक्ने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यसरी प्रेषित गरिएको रकम माछापुच्छ्रे बैंकको विप्रेषण सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा जम्मा गर्न सकिनेछ।