काठमाडौं। लुम्बिनी लायन्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी कप्तान रोहितकुमार पौडेलले टस जितेर सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।
कीर्तिपुरस्थित टीयू मैदानमा आजको खेलमा जित निकाल्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। यी दुई टोली अघिल्लो संस्करणमा फाइनल खेलेका टोली हुन्।
आज सुदूरपश्चिमले टोलीमा तीन परिवर्तन गरेको छ।
फाबियन एलन, ब्रान्डन म्याकमुलनको स्थानमा थानुका मधुसुधन र जर्जमुन्सेले स्थान बनाउँदा दीपक बोहराको स्थानमा अभिनास बोहराले स्थान बनाएका छन्।
लुम्बिनीले टोलीमा कुनै परिवर्तन गरेको छैन।।
सुदूरपश्चिमको प्लेइङ ११
दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, थानुका मधुसुधन, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, अभिनास बोहरा, जर्ज मुन्से
लुम्बिनीको प्लेइङ ११
रोहितकुमार पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दीलिप नाथ, किशोर महतो, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेला, डार्सी सर्ट, अली शेख