BIZMANDU
www.bizmandu.com

तातोपानी नाका खुलाउन दबाब बढाउँदै सांसद भरत पराजुली, उद्योगी व्यवसायीसँग गरे छलफल

२०८३ मंसिर १

तातोपानी नाका खुलाउन दबाब बढाउँदै सांसद भरत पराजुली, उद्योगी व्यवसायीसँग गरे छलफल
तातोपानी नाका खुलाउन दबाब बढाउँदै सांसद भरत पराजुली, उद्योगी व्यवसायीसँग गरे छलफल

सिन्धुपाल्चोक। तातोपानी नाका खोल्नका लागि दबाबस्वरुप सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले उद्योगी व्यवसायी र स्थानीयसँग छलफल गरेका छन्।

GBIME
Tata

सिन्धुपाल्चोक -१ बाट निर्वाचित सांसद पराजुलीले नाका बन्द हुँदा परेको असरबारे उद्यवगी व्यवसायीसँग छलफल गरेका हुन्। व्यवसायीले पेशाबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै नाका सक्दो चाँडो खुलाउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

यो नाका २०७२ सालको भूकम्पयता पटकपटक बन्द हुँदै आएकामा नियमित सञ्चालनमा चीनले चासो नदेखाएको भन्दै व्यापारी र जनप्रतिनिधिले बेइजिङसँग स्पष्ट जवाफ माग्नुपर्ने बताएका छन्।

‘व्यापारीले आशा मारिसकेका छन्। उनीहरू निराश भइसकेका छन्,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले भने, ‘सरकारले नाका खोल्न पहलकदमी नलिने हो भो व्यवसायीले यो नाकाबाट व्यवसाय गर्न सक्ने छैनन्।’

नेपाल हिमालय सिमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले लोड गरिएको सामान आइपुग्ने बेला नाका एक्कासी बन्द गरिंदा आफूहरुले अर्को नाकामा डाइभर्ट गरेर ल्याउनुपर्दा ढुवानीमा धेरै रकम खर्च गर्नुपरेको बताए।

संघका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले तातोपानी नाका भूकम्पपछि सहज रूपमा सञ्चालन नहुँदा व्यापार व्यवसाय चौपट भएको बताए।

नेपाल ट्रान्स-हिमालयन सीमा व्यापार संघका रामचन्द्र पुडासैनीले नाका खुलाउनका लागि चीनसँग कूटनीतिक संवाद बढाउनुपर्नेमा जोड दिए।

‘प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा चीनस्थित नेपाली राजदूतमार्फत जसरी भए पनि यो नाका खुलाउन पहल गर्नुपर्छ। आवश्यक परे वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठाउनुपर्छ,’ उनले भने, ‘यो नाकाबाट कुनै सुरक्षा खतरा छैन भन्ने विश्वास पनि चीनलाई दिलाउनुपर्छ।’

सांसद पराजुलीले गरेको सर्वपक्षीय बृहत् अन्तर्क्रियामा सहभागी स्थानीयले नाका बन्द हुँदै जीवनयापनमै असर परेको बताए। तातोपानी नाका पछिल्लोपटक गत भदौ १४ देखि बन्द छ। चीनले अकस्मात बन्द गरेको नाका सरकारले आग्रह गर्दा पनि खुलाएको छैन।रासस