काठमाडौं। प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिटमा मंगलबार सुनुवाइ नहुने भएको छ।
आफूलाई महानिरिक्षकबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कार्कीले दायर गरेको रिट मंगलबार पेसीमा चढेको छैन। निवेदकले तारिख लिन नपाएपछि मंगलबार पेसी नचढेको हो।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको बैठकले दानबहादुरलाई प्रहरी महानिरीक्षकबाट हटाएको थियो। त्यसविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यो रिटमा सुनुवाइका लागि सोमबार पेसी तोकिएकामा सरकारले छठ पर्वका लागि सार्वजनिक बिदा दिएको थियो।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ति दिएको छ। उनको कात्तिक १८ गते नै डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाइएको थियो।